स्याङ्जाको पुतली बजारमा करेन्ट लागेर १ जनाको मृत्यु​​

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १६ : ३४
स्याङ्जाको पुतली बजारमा करेन्ट लागेर १ जनाको मृत्यु​​

स्याङ्जा। स्याङ्जाको पुतली बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।पुतली बजार नगरपालिका ८ काहुले बस्ने ५० वर्षीया चन्द्रकुमारी सुनारको आइतवार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार उनी घाँस बोकेर घरतर्फ फर्कँदै थिइन् । सोही क्रममा उनले बोकेको घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस