काठमाडौँ । म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले अर्को चरणको यात्रा तय गरेको हो ।
छैटौं मिनेटमा सिटीले गोल गरेपछि भारले मान्यता नदिँदा अग्रता लिन असफल भयो । बराबरीतर्फ उन्मुख खेलमा सिटीले ८८ औं मिनेटमा गोल गर्दै १-० को जीत पक्का गराए ।
एफए कपका अन्य तीन खेल भने सबै बराबरीमा टुंगिएका छन् । ब्रिस्टल र नटिङ्घम फरेस्ट गोलरहित बराबरी खेल्दा सेफिल्ड युनाइटेड र कोभेन्ट्रीले एक एक गोलेको बराबरी खेले । यसैगरी चेल्सी र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका थिए । बराबरी खेल्ने टिमले फेरि एक पटक चौथो चरणमै खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ माघ २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटी एफए कपको फाइनलमा
एफए कप: म्यानचेस्टर सिटी बन्यो उपाधिको बलियो दावेदार
अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी ब्राइटनसँग बराबरी
म्यानचेस्टर सिटी रियल मड्रिडसँग ३–२ ले पराजित
म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो
हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित