काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन् । अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरू अहिले समस्यामा परेको बताए ।‘व्याजदर बढ्यो, तर प्रतिफल आएन’, मन्त्री महतले भने ।
राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवमा अर्थमन्त्री डा. महतले अब घरजग्गाभन्दा पनि आयोजना धितो राखेर कर्जा दिने प्रवृत्तिको विकास गर्नुपर्नेमा जोड दिए । महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताए ।
उनले भने, ‘वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्छ , बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या आएको छ । जस्तो पनि कोल्याट्रोल राखेर कर्जा प्रवाह गर्नु हुँदैन ।’
पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनको भनाइ छ । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने भन्दै महतले सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको बताए ।
यद्यपि, पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकासिँदै गएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने