कोइराला निवासमा शेखरको चियापानः नेताहरूको जमघट

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १४ : ०२
कोइराला निवासमा शेखरको चियापानः नेताहरूको जमघट

काठमाडौं। राष्ट्रियसभा निर्वाचनको सन्दर्भ पारेर नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहनगर विराटनगरमा चियापान गरेका छन् । माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन अघि बुधवार शेखरले विराटनगरस्थित कोइराला निवासमा कांग्रेसका नेताहरूको मुख्य उपस्थितिमा चियापान कार्यक्रमको आयोजना गरेका हुन् । 

 

चियापानमा पार्टीका सबै समूहका नेताहरू सहभागी भएका छन् ।जहाँ कांग्रेसका केन्द्रीय नेता, सांसद, प्रदेश सांसद, नगरपालिकामा प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितका नेताहरू सहभागी भएका थिए ।

 

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री गगन थापासहितका दर्जनौं नेता–कार्यकर्ता सहभागी भएका छन् ।पछिल्लो समय शेखरले आफ्नो समूहलाई थप बलियो रहेको सन्देश दिने गरी कार्यक्रम गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस