उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, ०७ : ५३
उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने

काठमाडौ । नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ । 

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले ठुुला र बढी ग्यास खपत गर्ने औद्योगिक क्षेत्रमा परल मूल्यमा ग्यासको बिक्री गर्ने गरी तयारी भइरहेको जानकारी दिए। घरायसी र व्यावसायिक प्रयोगका लागि हाल एउटै मूल्य कायम छ, उनले भने, “उपभोक्ताका लागि हालकै मूल्य र औद्योगिक प्रयोजनका लागि परल मूल्यमा विक्री गर्ने गरेका छौँ ।” दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेकाले जतिसक्दो छिटो कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए ।

निगमका अनुसार १० देखि १५ प्रतिशत ग्यास ठुुला औद्योगिक क्षेत्रमा खपत हुने अनुुमानसहित मासिक धेरै ग्यास खपत गर्ने होटेल रेस्टुुरेन्टमा खपत हुने ग्यासमा परल मूल्य कायम गर्ने तयारी गरिएको उनले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस