क्षेत्रपाटीबाट हुण्डी व्यापारी अग्रवाल पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, १४ : ००
क्षेत्रपाटीबाट हुण्डी व्यापारी अग्रवाल पक्राउ

काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ । 

विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए । उनले भने– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं ।’  अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस