सुनको मूल्य बढेयो,कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, ११ : ०५
सुनको मूल्य बढेयो,कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ३९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा करोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस