सरुवा, नियुक्ति लगायतका निर्णय नगर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, २० : ४५
सरुवा, नियुक्ति लगायतका निर्णय नगर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्त्वपूर्ण निर्णय नगर्न निर्देशन दिएका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको पदावधि निकट भविष्यमै सकिन लागेकाले माघ ३ गतेपछि कुनै सरुवा, नियुक्ति सम्बन्धन, अनुमति लगायतका दीर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन निर्देशन दिएका हुन् ।

विश्वविद्यालयले विभिन्न कार्यक्रमको सम्बन्धन दिन लागेको भन्दै प्राध्यापक संघ संगठनले तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस