आफ्नै घरमा मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाई

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, १४ : ४२
आफ्नै घरमा मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाई

काठमाडौं। महिला बक्सिङ निता गोसाई मृत फेला परेकी छन्। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी २७ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए।

मृतकका परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीअनुसार एक युवालाई पक्राउ गरिएको छ । ती युवकको यातनाका कारण गोसाईले आत्महत्या गरेको परिवारको आरोप छ ।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो।

प्रतिक्रिया दिनुहोस