अशक्त भक्तजनहरूलाई ह्विलचियर हस्तान्तरण

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, १३ : ४१
अशक्त भक्तजनहरूलाई ह्विलचियर हस्तान्तरण

काठमाडौँ । २३औँ सशस्त्र प्रहरी दिवस-२०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरूको सहजताको लागि ह्विलचियर हस्तान्तरण गरिएको छ।

नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीलाई बुधबार चारवटा ह्विलचियर हस्तान्तरण गरेका हुन्।

नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मालम्बी तथा भक्तजनहरूको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व रहेको बताए।

जन सम्बन्धलाई थप प्रगाढ बनाउने सङ्गठनको नीतिअनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट सञ्चालन गर्ने योजनाअन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरूको सामूहिक प्रयासबाट ४ वटा ह्विलचियर हस्तान्तरण गरिएको हो

प्रतिक्रिया दिनुहोस