काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएकाे छ । तेह्रथुम, लालीगुराँस नगरपालिका-७ स्थित सडकमा को.१ ख ५८२९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक बस्ने २४ वर्षीय साजु श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-१५ मेचिनगर बस्ने २३ वर्षीय सुगम चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपातर्फ रिफर गरिएको छ ।
धादिङ, खनियाबास गाउँपालिका-५ च्युल्वामा बा.५ ख ५९६३ नम्बरको आइचर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा आइचरमा सवार सोही गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका आइचर चालक समेत ३ जनालाई उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा ना.६ ख ८९३७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीलाई हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, मायादेवी गाउँपालिका-४ सेमरीमा लु.१ ख ६९६७ नम्बरको बसको ठक्करबाट भारत बिहार घर भई बेथरी जगदम्बा धागो कारखानामा काम गरी बस्ने रमेश कुमार साहकी छोरी ४ वर्षीय प्रियल कुमारी साहको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-८ पाथिभरा मन्दिर नजिक सडकमा प्रदेश १-०१-००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १-०२-०४६ प २५२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु