चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोक्यो : सभापति रावल

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, १३ : ०८
चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोक्यो : सभापति रावल

काठमाडौँ । संसद्को राष्ट्रिय सरोकार समितिका सभापति दिलकुमारी रावलले चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोकेको आरोप लगाएकी छन् । बिहीबार समितिको बैठकमा बोल्दै सभापति रावलले सो आरोप लगाएकी हुन् । 

उनले भनिन्– ‘चितवन राष्ट्रिय निकुञ्जले विश्व सम्पदा सूचीमा परेको भन्दै बाटै बनाउन नदिने भनेर विकास रोकेको छ। माडी जानेले सास्ती पाएका छन् । विकास निर्माणका कुरामा नीति र कानुन बनाउने बेला ध्यान दिन जरुरी छ। 

उनले कानुन धेरै पुराना भएको बताउँदै उनले भनिन् ‘हामी नयाँ संविधानमा चलेका छौँ  तर कानुन धेरै पुराना छन्, त्यसमा ध्यान दिन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस