नेपाल मेडिकल कलेजका विद्यार्थीहरू धर्नामा

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १२ : ५५
नेपाल मेडिकल कलेजका विद्यार्थीहरू धर्नामा

काठमाडौँ । नेपाल मेडिकल कलेजका विद्यार्थीहरू धर्नामा बसेका छन्। गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू धर्नामा बसेका हुन्।

कलेजमा रहेको क्यान्टिनले खानामा चरम लापरबाही गरेको विषयमा मौखिक सहमति भए पनि कार्यान्वयन नगरेको भन्दै उनीहरू शान्तिपूर्ण धर्नामा बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस