काठमाडौं। श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ (साविक मैदी गाविस वडा नम्बर ९)का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन् ।
उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १, बेलहियाबाट सोमवार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत धदिङमा बुझाइएको छ ।
प्रहरीका अनुसार दवाडीले विसं. २०५९ फागुन २८ गते अंशसम्बन्धी विषयमा झगडा हुँदा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी हत्या गरेका थिए । सूर्यबहादुरले सानुमायालाई कुटपिट गरी नाम्लोले घाँटी कसेर रुखमा झुण्ड्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । हत्यापछि शवलाई बुढी गण्डकी दोभानमा लगी जलाएर उनले अन्त्येष्टि समेत गरेका थिए।
कर्तव्य ज्यान मुद्दामा उनलाई धादिङ जिल्ला अदालतको २०६१ जेठ ५ गतेको सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर तत्कालीन पुनरावेदन अदालत पाटनले उक्त फैसला उल्टाइदिएको थियो ।पछि सर्वोच्च अदालतले २०६७ माघ ३ गते जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ