चितवन। चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो ।घटनाको थप अध्ययन भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १४ : ५६
लेखकबाट थप