काठमाडौं। सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री भएकाहरुलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ।
एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरूलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको हो।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी भएपछि गरिएका कामको विवरण पेस गर्न निर्देशन दिइएको बताए।
‘सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरूले आजसम्म गरेका कामहरू कस्ता छन्, प्रगति कस्तो छ, यसको विवरणसहित तत्काल पार्टीलाई विवरण बुझाउन निर्देशन दिएको छ,’ खतिवडाले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
बिना विभागीय मन्त्रीको शपथ लिएकी लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी
कोशीको मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन राजेन्द्र राईको सुझाव
कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति असम्भव : झलनाथ खनाल
मधेशमा माओवादीका २ र एकीकृत समाजवादीका १ जना मन्त्री बन्दै
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक शुरू