मधेश प्रदेशविरुद्ध विनोद भण्डारीको शतक

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १२ : २८
मधेश प्रदेशविरुद्ध विनोद भण्डारीको शतक

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मधेश प्रदेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीका लागि विनोदले शतक प्रहार गरेका हुन्।

विनोदले ४३‍औँ ओभरको पहिलो बलमा ८९ बल खेलेर शतक पूरा गरे। उनले शतक पूरा गर्न ९ चौका र ४ छक्का प्रहार गरे। उनले शतक प्रहार गर्दा आर्मी २३८.५ को स्थितिमा थियो।

जारी प्रतियोगिताको तेस्रो शतक हो। यसअघि पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान र दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोराले शतक प्रहार गरेका थिए। दुवैले बागमतीविरुद्ध शतक प्रहार गरेका थिए।

विनोदले शतक प्रहार गर्नुअघि भने आर्मीले लगातार विकेट गुमाएको थियो। ओपनर इमरान शेख २६ रन, भीम सार्की १८ रन, सन्तोष कार्की ४२ रन र सन्दीप रजाली शून्यमा आउट भएका थिए।

यस्तै कुशल मल्ल पनि ३७ रन जोडेर आउट भए।

प्रतिक्रिया दिनुहोस