काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विविरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताए ।
उनका अनुसार बैठक माघ ३ गते केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।
‘पदयात्रा गर्ने भन्ने छ ।
कुन कुन आयोजनामा गर्ने र नेताहरू को कता खटिने भन्ने चयन गर्नुपर्नेछ,’ महामन्त्री ढकालले भने । यसअघि सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गरेका थिए ।
सो पैदलयात्राबाट जनतासँगको राम्रो सम्बन्ध र सम्पर्क बनेको भन्दै रास्वपाले थप पैदलयात्राहरू गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
महाधिवेशनपछि पनि रास्वपा अन्योलमै : सामाजिक लोकतन्त्रको दाबी, संघीयता र संविधानमा अस्पष्टता
रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी
रास्वपा केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी, ९ बजे नामावली प्रकाशन गरिने
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’