काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएकाे छ ।काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ पानीघाट भन्दा माथि हिमचुली सेतो पहरा भन्ने स्थानमा प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा काठमाडौं महानगरपालिका-३० मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी लगायत ४ जनाको घटनास्थलमै र गम्भीर घाइते भएका काठमाडौं लाजिम्पाट बस्ने ६ वर्षीया स्मारिका गौतमको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडीमा सवार ६ जनामध्ये डा.सृष्टि तिवारी गौतम सकुशल छन् ।
झापा, कमल गाउँपालिका-४ चुलाचुली मोडस्थित सडकमा मे.६ प ३१५२ नम्बरको मोटरसाइकल, प्र.१-०१-०१६ प ८९९२ नम्बरको मोटरसाइकल र प्र.१-०१-०१६ प ७१४० नम्बरको स्कुटर ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा प्र.१-०१-०१६ प ८९९२ नम्बरको मोटरसाइकलमा सवार कन्काई नगरपालिका-३ बस्ने ७० वर्षीय रघुनाथ भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लाईफलाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मे.६ प ३१५२ नम्बरको मोटरसाइकल चालकलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ । प्र.१-०१- ०१६ प ८९९२ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्कुटर चालक उपचारको लागि अस्पताल गएको बुझिएको छ ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ६६०३ नम्बरको कार र मे.१० प ७२१२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दमक नगरपालिका-९ बस्ने २३ वर्षीय अनुप ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालक सहित कारमा सवार ३ जना र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पर्सा, धोबनी गाउँपालिका-२ भिखमपुरस्थित सडकमा बीआर २२ एएम १२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक भारत पश्चिम चमपारण बिहार बस्ने ३५ वर्षीय ईमाम हुसेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहट, गौर नगरपालिका-२ महादेवपट्टीस्थित सडकमा बीआर ०५ एम ४१४५ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने ७९ वर्षीया रामदुलारी देवीको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, मधुवन नगरपालिका-४ बसन्तास्थित सडकमा भे.१ ज १३४६ नम्बरको म्याजिक गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ बस्ने ४० वर्षीय राम बहादुर थारूको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु