बझाङमा मध्यराति भूकम्पको धक्का

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०८०, ०७ : ३१
बझाङमा मध्यराति भूकम्पको धक्का

काठमाडौ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा बझाङमा भूकम्पको गएको हो। 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका थिए। 

प्रतिक्रिया दिनुहोस