भरतपुर । चितवनमा भएका छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको खैरहनी र भरतपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका २ चैनपुरमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको प्रदेश ०३–०२–००६ प ९०६८ नम्बरको स्कूटरलाई बा ०३–००१ च १७२७ नम्वरको बोलेरो गाडीले ठक्करदिँदा राप्ती नगरपालिका ८ ब्रम्हनगरका ३० वर्षीय करण श्रेष्ठको मृत्यु भएको हो । बिहिबार साँझ ९ बजे भएको दुर्घटनाका घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ९ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै भरतपुर महानगरपालिका ७ क्यान्सर अस्पताल गेट नजिकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राती ८ः३० बजे टाइगरचोकबाट बुद्धचोक जाँदै गरेको बा २८७५ नम्वरको कारले बा.०३–००३ प १७७६ नम्वरको मोटरसाइकललाई दिँदा मोटरसाइकल चालक माडी नगरपालिका ६ रामराज्यपुर बस्ने ३४ बर्षका कुल प्रसाद सापकोटाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुवै पुरुषको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु