भरतपुर । चितवनमा भएका छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको खैरहनी र भरतपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका २ चैनपुरमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको प्रदेश ०३–०२–००६ प ९०६८ नम्बरको स्कूटरलाई बा ०३–००१ च १७२७ नम्वरको बोलेरो गाडीले ठक्करदिँदा राप्ती नगरपालिका ८ ब्रम्हनगरका ३० वर्षीय करण श्रेष्ठको मृत्यु भएको हो । बिहिबार साँझ ९ बजे भएको दुर्घटनाका घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ९ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै भरतपुर महानगरपालिका ७ क्यान्सर अस्पताल गेट नजिकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राती ८ः३० बजे टाइगरचोकबाट बुद्धचोक जाँदै गरेको बा २८७५ नम्वरको कारले बा.०३–००३ प १७७६ नम्वरको मोटरसाइकललाई दिँदा मोटरसाइकल चालक माडी नगरपालिका ६ रामराज्यपुर बस्ने ३४ बर्षका कुल प्रसाद सापकोटाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुवै पुरुषको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु