भारतसँग विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा : ऊर्जामन्त्री बस्नेत

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १९ : ०४
भारतसँग विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा  : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा रहेको बताएका छन् । 

सिहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले भारतसँग भएको सहमति मुलुकको हितमा रहेको र विद्युत् निर्यातको अन्य विषय छलफलमा रहेको जानकारी दिए ।

उक्त सम्झौता १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने पनि उनले जानकारी दिए । ‘दीर्घकालीन विद्युत व्यापार नेपाल र भारत बीचमा २०१४ मै सम्झौता भएको थियो । आगामी १० वर्षभित्र नेपालले १० हजार मेगावाट विद्युत भारत निर्यात गर्नेछ । कसरी गर्ने, कुन रेटमा गर्ने के गर्ने भन्नेबारे दुई देशबीच संयन्त्र छ । यो २५ वर्षसम्मको लागि छ । तर १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने छ ।’ उनले भने । 

प्रतिक्रिया दिनुहोस