काठमाडौँ। नेकपा एकीकृत समाजवादीमा १७५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव भएको छ । माघ १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठकले विधान टुंग्याउनेगरी भइरहेको छलफलमा केन्द्रीय समिति घटाउने प्रस्ताव भएको हो ।
हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको जिल्ला तहबाट सुझाव लिएर विधानलाई पूर्णता दिने निर्णय गरेको थियो ।नेकपा एसका सचिव जीवनराम श्रेष्ठका अनुसार वैकल्पिकसहित १७५ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा एक तिहाइ महिला हुने उनले बताए ।
उनका अनुसार १९ सदस्यीय स्थायी कमिटी र ५७ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव आएको छ । नेकपा एसमा अहिले २४ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । त्यसो त उनले पार्टीभित्र बहसमा रहेको ७० वर्षे उमेरहद नराख्न सुझाव आएको समेत बताए ।
अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई आगामी महाधिवेशनमा नेतृत्वमा दोहोरिन नेकपा एसले उमेरहद नराख्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी