काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रका लागि कम्तिमा ५ प्रतिशत छुट्याउनुपर्ने बताएकी छन् ।
समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री वेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहन पुगेको बताएपछि सभापति डा. राणाले कृषि क्षेत्रको बजेट बढाउनुपर्ने बताएकी हुन् ।
‘कृषि हाम्रो मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । मैले अर्थमन्त्री र सचिवलाई जहिले पनि भन्ने गर्छु कि कृषिमा बजेट राख्नु लगानी हो, ५ रुपैयाँ हाल्यो भने ५० रुपैयाँ फल्छ, पैसा हाल्नुस्,’ सभापति राणाले भनिन्, ‘कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेको छ, त्यसका लागि कम्तीमा पनि ५ प्रतिशत बजेटका लागि समितिबाट लबिङ गर्छौँ । यो संसदीय समितिले कृषि मन्त्रालयलाई पूर्ण सहयोग गर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु
प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ