काठमाडौँ । लागु औषध गाँजा मिसाएर केक र कुकिज तयार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा अकाउन्ट बनाएर अवैध लागु औषध गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री वितरण गर्ने विशेष सूचनाको लागु औषध नियन्त्रण ब्युरोले मंगलबार मोहमद फाजिल र शालोम सादा लेप्चा जैसीलाई पक्राउ गरेको हो ।
उनीह?ले राजधानीको एकान्त कुनामा घर भाडा लिई यस्तो कार्य गर्दै आएको खुलेको छ । खान तलासीको क्रममा प्रहरीले गाँजा १ केजी १०० ग्राम, डाँठसहितको गाँजा १ केजी ५६८ ग्राम, विक्री गर्न तयारी अवस्थाको केक १ केजी ९०० ग्राम, माईक्रोओभन थान १, बिक्री गर्न तयारी अवस्थाको बटर ९०० ग्राम, बिक्री गर्न तयारी अवस्थाको कुकिज १ केजी उनिहरुले ३२४ ग्राम र डिजिटल तराजु थान १लगायतका विभिन्न सामाग्रीहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीह?ले विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरु बनाई अनलाइनमार्फत डेलिभरी गर्ने गरेको खुलेको छ ।
यसअघि पनि प्रहरीले गाँजा मिसावट गरी अवैध रुपमा केकको विक्री वितरण गर्ने विशान मानन्धरलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै अहिले पक्राउ परेका दुई जनाले पहिले कारोवार गर्दै आईरहेको सामाजिक सञ्जालको पेजलाई परिवर्तन गरी नयाँ कारोबार थालेको खुल्न आएको प्रहरीको भनाइ छ ।
निजहरु उपर व्यूरोले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ