काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न समिति बनाएको छ ।
मंगलबार साँझ बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेको समन्वय समिति बनाएको हो ।
‘यो समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जनै उम्मेदवारलाई विजयी गराउन समन्वय गर्छ’ जसपा प्रवक्ता सुमनले भने ।
उनका अनुसार समितिको पहिलो बैठक भोलि बुधबार २ बजे सिंहदरबारमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन