सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, १० : ५४
सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

काठमाडौं। अमेरिकाको टेक्सस बस्ने विजयराज भट्टराईको सहयोगमा सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ ।  भट्टराईको सहयोगमा सप्तरीको कञ्चनरूप नगरपालिका-१२ रूपनगरस्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा पुस्तकालय स्थापना हुन लागेको हो । 

उनले 'सर्वोदय फाउण्डेसन नेपाल'मार्फत् पुस्तकालय स्थापनाका लागि सहयोग गर्न लागेका हुन् । फाउण्डेसनमार्फत् भट्टराईले झण्डै १३ लाख रुपैयाँ सहयोग गर्न लागेको क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले जानकारी दिए ।

 

भट्टराईले पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोगसमेत गर्ने उनले बताए । 'रूपनगर सर्वोदय पुस्तकालय' नाम रहने पुस्तकालय अपराह्न ३ घण्टा सार्वजनिक उपयोगका लागि खोलिनेछ ।

प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागूगरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्थासमेत हुनेछ । सदस्य नबनेकाले पनि पुस्तकालय प्रयोग गर्न पाउने छन् । उनका अनुसार पुस्तकालयका लागि फर्निचर बनाउने, पुस्तक सङ्कलन गर्नेलगायत काम भैराखेको छ । नयाँ वर्ष २०८१ को अवसरमा उद्घाटन गर्ने तयारी छ । 

प्रतिक्रिया दिनुहोस