तराईमा हुस्सु र कुहिरो: चिसोले जनजीवन प्रभावित

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, १० : १०
तराईमा हुस्सु र कुहिरो: चिसोले जनजीवन प्रभावित

काठमाडौ । चिसो बढेपछि तराईको जनजीवन प्रभावित बनेको छ। हुस्सु र कुहिरोसँगै शीत लहरले तराईमा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेको छ । 

चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् । आज पनि बिहानैदेखि तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो लागेको छ । 

तराई मधेशका भूभागमा आज बिहानीपख हुस्सु र कुहिरो लागे पनि अपराह्नसम्म क्रमिक सुधार हुँदै जान सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराई मधेशमा बढेको चिसोले स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस