पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १२ : ४३
पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु

नवलपरासी पूर्व । कावासोती नगरपालिका-१५ बरौलीटार बस्ने अरूण थापा मगरको छोरा २ वर्षीय अर्किस थापा मगरको आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस