काठमाडौ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने तय भएको छ ।
शुक्रबार १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । एमालेले राष्ट्यिसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो ।
सिफारिस उम्मेदवारहरुबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने एमालेको तयारी छ । यहीबीचमा एमालेले सत्ता गठबन्धनसँग सिटबाँडफाँटबारे छलफल समेत अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी