काठमाडौ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने तय भएको छ ।
शुक्रबार १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । एमालेले राष्ट्यिसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो ।
सिफारिस उम्मेदवारहरुबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने एमालेको तयारी छ । यहीबीचमा एमालेले सत्ता गठबन्धनसँग सिटबाँडफाँटबारे छलफल समेत अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)