ठगी मुद्दाका थुनुवा जिल्ला अदालतबाट फरार

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, १६ : ०५
ठगी मुद्दाका थुनुवा जिल्ला अदालतबाट फरार

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट थुनुवा भागेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका कमल खड्का फरार भएका हुन् । सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय खड्काको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले अदालतमा उपस्थित गराएको हो । प्रहरीले अनुसन्धान पुरा गरेर अदालतमा मुद्दा दायर गरेको थियो । अर्को मुद्दामा कारागारबाट रिहा भएपछि खड्कालाई प्रहरीले अदालतमा उपस्थित गराएको हो । 

प्रतिक्रिया दिनुहोस