बढ्यो चुइगम आयात, ५ महिनामा २६ करोड बाहिरियो

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, ११ : ५१
बढ्यो चुइगम आयात, ५ महिनामा २६ करोड बाहिरियो

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो ।

विभागले ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयात भएको तथ्यांक छ । यो चालू वर्षको तुलनामा कम हो ।

तथ्यांकअनुसार भारतबाट २५ करोड ८९ लाख रुपैयाँको चुइगम आयात भएको छ । यस्तै, अमेरिकबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ । यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा चुइगम भित्रिने गरेको छ । तर, न्यूनमात्रामा मात्रै भित्रने गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस