यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, ०७ : २०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ९५ पैसा र बिक्री दर १४७ रुपैयाँ ६१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १० पैसा र बिक्री दर १६९ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस