मन्त्रीको गाडीमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १४ : ३३
मन्त्रीको गाडीमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

 

उनले भने, 'आन्दोलित युवाहरूको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौं, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ।' ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस