मन्त्रीको गाडीमा आगजनीपछि ललितपुरको बालकुमारी सडकखण्ड अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १३ : ३८
मन्त्रीको गाडीमा आगजनीपछि ललितपुरको बालकुमारी सडकखण्ड अवरुद्ध

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि ललितपुरको बालकुमारी सडकखण्ड अवरुद्ध बनेको छ ।

पार्टी कार्यालयबाट मन्त्रालय जाने क्रममा बन्त्रीको गाडीमा रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेपछि सो सडकखण्ड अवरुद्ध बनेको हो ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मन्त्रीको गाडीमा आगजनी भएपछि सडख खण्ड अवरुद्ध छ ।अश्रुग्यास प्रहार गरेर प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

परीक्षाको विषयलाई लिएर आन्दोलनरत उनीहरूले शुक्रवार मध्यान्ह ललितपुरको बालकुमारी क्षेत्रमा मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस