मलाई छोडेर गाडी सिंहदरबार फर्किने बेला आगो लगाएछन् : मन्त्री ज्वाला

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १३ : २७
मलाई छोडेर गाडी सिंहदरबार फर्किने बेला आगो लगाएछन् : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका बेला गाडीमा आगजनी भएको बताएका छन् । शुक्रवार सिंहदरबार मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन गएका थिए ।

मन्त्री ज्वाला ओर्लिएपछि अज्ञात समूहले गाडीमा आगो लगाएर ध्वस्त पारेको थियो । उनले आफूलाई चालकले छोडेर सिंहदरबार जानेक्रममा आगजनी भएको ज्वालाले बताए ।  

‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले छोडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने । 

प्रतिक्रिया दिनुहोस