नेपालमा डिजिटलाइजेशनको विकल्प छैन : गभर्नर अधिकारी

सफल खबर संवाददाता

सोमबार, ०९ पुस २०८०, १५ : ५३
नेपालमा डिजिटलाइजेशनको विकल्प छैन : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन्। आइतबार नेपाल क्लियरिङ हाउसको १५ औँ वार्षिकोत्सव समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरू हटाउने र अरु खालका विकृतिहरू हटाउँदै लैजाने बताए।

डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने उनले दाबी गरे। नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढिरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने उनको भनाइ थियो।

उनले आम नागरिकहरू पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेन्टमा जानुपर्ने बताए। फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको उनले सुनाए।

गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरू लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने बताएका छन्।