१६ वर्षपछि वीरेन्द्र चोकमा राखियो पूर्वराजा वीरेन्द्रको शालिक

सफल खबर संवाददाता

सोमबार, ०९ पुस २०८०, १२ : ३७
१६ वर्षपछि वीरेन्द्र चोकमा राखियो पूर्वराजा वीरेन्द्रको शालिक

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राखिएको छ । बुधबार स्वतन्त्र सुर्खेतवासी जनता समूहले शालिक राखेको हो । शालिक राख्ने कामको अगुवाइ गरेका गोरक्ष पिठाधीस योगी बलभद्रले पूर्वराजा वीरेन्द्रको ७६औँ जन्मजयन्तीको अवसर पारेर पुस १४ गते (बुधबार) उनको अर्ध कदको शालिक राखिएको बताए ।

उनकै अवधारणा अनुसार वीरेन्द्रनगरको विकास भएको स्मरण गर्दै २०४४ सालमा पहिलो पटक वीरेन्द्रचोकमा वीरेन्द्रको शालिक २०६२/६३ को जनआन्दोलनका क्रममा हटाइएको थियो ।

लामो समयदेखि विवादकै कारण शालिक स्थापना गर्न सकिएको थिएन । इतिहासलाई जोगाउनुपर्ने भन्दै शालिक राख्नेका मको अगुवाई गरेका युवाले हाम्रो राष्ट्र हाम्रो राजा प्राण भन्दा प्यारो छ’ लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस