एमाले सांसद कोइरीको निलम्बन फुकुवा

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०८०, १९ : ०२
एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् ।

संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् ।

हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस