भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०८०, १२ : ०१
भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

काठमाडौँ । भक्तपुरमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । भक्तपुरको सिपाडोलस्थित घरमा प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्यक्ष मृत फेला परेका हुन् ।

भक्तपुरका एसपी बेद विष्टले प्रहरी प्रधान कार्यालयमा कार्यरत सई ४४ वर्षीय सई उपाध्याय आफ्नै घरको तेस्रो तलामा कोठा भित्र मृत अवस्थामा भेटिएको जानकारी दिए । घटनाको जानकारीलगत्तै तत्काल प्रहरी वृत्त जगातीबाट पुगेको अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।