काठमाडौं। नेपाली बजारमा बितेको ६ दिनमा सुन तोलामा २ हजार रुपैयाँ बढेको छ । गत आइतबार तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ मा कारोबार भएको छापावाल सुन शुक्रबार कारोबार बन्द हुँदासम्म १ लाख १९ हजार ८०० रुपैयाँ कायम रह्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातामा सुनको मूल्यमा सामान्य उदारचढाव रह्यो । जसअनुसार सोमबार १ लाख १७ हजार ८०० अर्थात आइतबारकै मूल्यमा कारोबार रहेपनि मंगलबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भयो ।
यसैगरी बुधबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार हुँदा शुक्रबार भने १ लाख १९ हजार ८०० रुपैयाँ पुगेको हो ।यसैबीच आइतबार १४५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १४८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
६७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
५ हजारले बढ्यो सुन, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
एकैदिन १२ हजार ५ सय रुपैयाँले घट्यो सुन, कति पुग्यो तोलाको ?