म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, ११ : ०४
म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

काठमाडौँ । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति साउदी अरेवियामा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो पटक उपाधि जितेको हो ।

सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गर्दा फिल फोडेनले १ गोल गरेका थिए । १ गोल भने उपहार पाएको थियो ।खेल सुरु भएको ४० सेकेन्डमै अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

२७ औं मिनेटमा फ्लुमिनेन्सका निनोले आफ्नै पोस्टमा प्रहार गरेपछि सिटीले उपहार गोलमार्फत अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा अरु २ गोल थपेको थियो ।

७२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३-० ले अघि बढाए । यस्तै, ८८ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-० को सहज जितका साथ उपाधि कब्जा गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस