जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिए

एजेन्सी

शुक्रबार, ०६ पुस २०८०, ०९ : ३५
जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिए

एजेन्सी । भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिकको ज्यान गएको छ । ​

आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुइटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी उनीहरूको ज्यान गएको हो ।  

एम्बुसमा परी अरु दुई जवान घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो । 

घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस