इन्टरपोलको सहयोगमा ४ जनालाई पक्राउ गरेर नेपाल ल्याइयो

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, १२ : ४०
इन्टरपोलको सहयोगमा ४ जनालाई पक्राउ गरेर नेपाल ल्याइयो

काठमाडौं। नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चार जनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ ।प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरूलाई नेपल ल्याइएको हो ।

 

प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (यूएई) को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो ।​विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधवार नेपाल ल्याइएको हो ।

 

 

 

यसअघि स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।