लाभांश नदिने बैंकको सूचीमा थपियो हिमालयन बैंक

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, ११ : ०५
लाभांश नदिने बैंकको सूचीमा थपियो हिमालयन बैंक

काठमाडौँ । हिमालयन बैंक लिमिटेड आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने बैंकहरुको सूचीमा थपिएको छ । कम्पनीको ४४६ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांस वितरण नगर्ने प्रस्ताव गरेसँगै यो सूचीमा हिमालयन पनि थपिएको हो ।

आज बिहान साढे ९ बजे बसेको बैंकको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको जनाइएको छ । सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि पठाउने निर्णय समेत बैंकले गरेको छ ।

हिमालयन बैंकले चालू आर्थिक वर्षको बजेटले गरेको व्यवस्था बमोजिम ठूला करदाताको कार्यालयमा दाखिला गरेको थियो । बैंकले कार्यालयमा ३० करोड ८९ लाखभन्दा धेरै कर बुझाएको थियो । यस्तै, साबिकको सिभिल बैंककातर्फबाट समेत १ करोड ९१ लाख रुपैयाँ बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस