कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, ०७ : ०८
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति पनि  देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाउको छ।   

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस