अन्तर्राष्ट्रिय समन्वय परिषद्‍मा २१ जना मनोनीत

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, १२ : ५६
अन्तर्राष्ट्रिय समन्वय परिषद्‍मा २१ जना मनोनीत

काठमाडौँ । गैरआवासीय नेपाली संघको पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक आइतबार सम्पन्न भएको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भर्चुअल (अनलाइन) माध्यममा भएको बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू मनोनयन, सल्लाहकारहरू मनोनयन, अनुशासन र विधान समितिको गठन लगायतका एजेण्डामा छलफल भएको थियो ।

संघका महासचिव गौरीराज जोशीले सञ्चालन गरेको बैठकमा सहभागीहरूले दिएको सुझाव र सल्लाह र संघको  विधान २००३ (संशोधित २०२२) को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनीत गरिएको छ । 

 

मनोनयन हुनेहरुमा पूर्णनाथ घिमिरे (अस्ट्रेलिया), रामप्रसाद घिमिरे (अस्ट्रेलिया), बाबुराम भण्डारी (जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजरायल), डा. सञ्जु पौडेल (कोरिया), विनेश तामाङ (कतार), तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), चिरन शर्मा (यूके), डा. मुकुन्द बाँस्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्तुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुंगाना (अमेरिका), ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका) र हेमन्त काफ्ले (अस्ट्रेलिया) रहेका छन् । 

 

यस्तै बैठकले संघको विधानअनुसार सल्लाहकारहरूमा अतुल कोइराला (नेपाल), ओम गुरुङ (जापान), डा. देवी बस्नेत (कोरिया), प्रीतम श्रेष्ठ (हङकङ), रमेश पाण्डे (अस्ट्रेलिया), नारायण काफ्ले (अस्ट्रेलिया), दिनेश जोशी (अस्ट्रेलिया), सूर्य गुरुङ (यूके), भैरव ढकाल (अस्ट्रेलिया), गोविन्द गौतम (रुस), टेकराज निरौला (रुस), हीराधन राई (यूके), सूर्य गुरुङ (यूके), चिरञ्जीवी ढकाल (यूके), शिव बरुवाल (बेल्जियम), टीबी कार्की (कतार), कमलमणि गुरागाईँ (कतार), होमनाथ शर्मा (कतार),  सञ्जय थापा (अमेरिका),  डा. सञ्जीव सापकोटा (अमेरिका), यमुना भट्टराई (अमेरिका) र रमेश थापा (क्यानाडा) लाई मनोनयन गरेको छ ।  

 

बैठकले संघको अनुशासन समितिको संयोजकमा संघका पूर्वमहासचिव रतन झा (अमेरिका) लाई मनोनयन गर्ने निर्णय गरेको छ । सो समितिमा ओम गुरुङ, नारायण काफ्ले, होमनाथ शर्मा र विष्णुमाया परियार सदस्य रहेका छन् ।

यसै, संस्थाको विधान व्याख्या समितिको संयोजकमा भूषण घिमिरे, भवानी ओली र मुकुन्दप्रसाद पौडेल (नेपाल) रहेको एक समिति गठन भएको प्रवक्ता फणीन्द्र पन्तले जानकारी दिए । 

बैठकले रिक्त रहेको ओसेनियाको क्षेत्रीय युवा उपसंयोजकमा दीपेन्द्र हमाल र युरोपको क्षेत्रीय युवा उपसंयोजकमा प्रकाश दोङलाई मनोनयन गर्ने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को पूर्ण बैठक आगामी जनवरी महिनाको २० र २१ तारिख नेपालमा भौतिक उपस्थितिमा हुने पन्तको भनाई छ।

प्रतिक्रिया दिनुहोस