काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)का लागि मंसिर २२ गतेदेखि आवेदन दिएका विद्यार्थीहरूले पुनः निवेदन दिनुपर्ने भएको छ । वैदेशिक अध्ययन अनुमति पत्र शाखाको सर्भर बिहीबार साढे १० बजे डाउन भएको थियो । त्यही कारण चार दिनदेखि एनओसी जारी हुन सकेको थिएन ।
शाखाका अनुसार अहिले पनि सर्भर रिकभरको काम भइरहेको छ । २२ मंसिर भन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरूको ७५ प्रतिशत डेटा रिकभर भएको छ । त्यसैले उनीहरूलाई एनओसी दिन थालिएको छ ।
तर २२ मंसिर गतेयताको डेटा भने रिकभर भएको छैन । यसका लागि प्रयास भइरहेको शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनओसीको अध्यक्षमा तीनजनाले दिए उम्मेदवारी
श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने
श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने