लाइसेन्स परीक्षाका निम्ति भोलिदेखि आवेदन खुला

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०८०, १२ : ३९
लाइसेन्स परीक्षाका निम्ति भोलिदेखि आवेदन खुला

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि सोमबारदेखि आवेदन खुला गर्ने भएको छ ।

आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ । माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने छ ।

प्रतिक्रिया दिनुहोस