काठमाडौं । चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो ।
केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको थियो। सम्झौतामा समिति र प्रा.लि.बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप आजदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टीआरएस लोजिपार्कले लिएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सातवटै पोर्टहरू निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेको उनले जानकारी दिए ।
उनले सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानीपनि बढ्ने बताए। उनले सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिदाँ सेवा र आम्दानीको हिसावले राम्रो परिणा देखाएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १६ : १४
लेखकबाट थप